बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

सोमबार, साउन २३ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका छन् ।

त्यसबारे औपचारिक जानकारी दिन आज उनले काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै छन् ।

दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउने उनले बताए ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि सहभागी हुने उनले बताए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।

अभियान्ताका रुपमा परिचय बनाएका शाही २०७८ फागुन ६ गते राप्रपामा प्रवेश गरेका हुन् । उनी राप्रपाका पाँच मध्ये एक प्रवक्ता समेत हुन् ।