बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहिलो दिनमै आयोगमा ५ पार्टी दर्ता

सोमबार, साउन २३ २०७९

काठमाडौँ : दल दर्ताका लागि आह्वान गरेको पहिलो दिन निर्वाचन आयोगमा पाँच वटा राजनीतिक दर्ता भएका छन्।

सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले उक्त निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको थियो।

पहिलो दिन सीके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।