काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्ताव पेस हुनेछ ।
प्रतिनिधि सभामा पेस भएपछि महाअभियोगबारे छलफलको हुने समय तोकिन्छ ।
छलफल सकिएपछि सभामुखले प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुपर्नेछ । समितिले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्छ ।
१ फागुन २०७९ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।
यसैगरी आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी पशु स्वास्थ्य तथा पशु परिषद् विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्नेछिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन २०७९ पेस गर्ने छन् ।