बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

३४ अंकले घट्यो नेप्से, सबै सुचक रातै

शुक्रबार, साउन २० २०७९

काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । अघिल्लो ३८ अंंकले घटेको नेप्से आज शुक्रबार पुन ३४ दशमलव ८५ अंकले घटेर २१ सय १३ दशमलव ३० अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ९१ अंकले घटेर चार सय छ दशमलव ३४ अंकमा झरेको छ । आज दुई सय १३ वटा कम्पनीहरुको ४० हजार चार सय २४ पटकको कारोबारमा ६४ लाख १६ हजार छ सय २९ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम दुई अर्ब ६२ करोड ६१ लाख ५४ हजार नौं सय ४८ रुपैंयाँ पुगेको छ । 

१३ वटा समुहको कारोबार हुंदाा आज सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेर बाँकी समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दशमलव ६७ अंकले घटेर १३ सय ७९ दशमलव ७२ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि ८६ दशमलव ७१ अंकले घटेर तीन हजार आठ सय १२ दशमलव ६५ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव छ अंकले घटेर २५ सय ५२ दशमलव ६७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ९५ दशमलव ३२ अंकले घटेर आठ हजार चार सय सात दशमलव ७२ अंकमा पुगेको छ । आज जीवन बीमा समुहको सुचक पनि एक सय १९ दशमलव ९९ अंकले घटेर नौं हजार नौं सय नौं दशमलव ४५ अंकमा पुग्दा फाईनान्स,ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहको सुचक घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङखोला जलबिद्युत कम्पनी परेको छ ।  यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।