बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

उपेन्द्र यादवको क्षेत्रबाट सिके राउत चुनाव लड्ने

शुक्रबार, साउन २० २०७९

काठमाडौं । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्ने घोषणा गरेको छ ।

उक्त चुनावका लागि उम्मेदवारी घोषणा पनि हुन थालेको छ । यसैबीच जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा चुनावमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

उनीहरुको प्रतिस्पर्धा सप्तरी क्षेत्र नम्बर २ मा हुने भएको छ । जसपा अध्यक्ष यादव गत निर्वाचनमा यहीबाट विजयी भएका थिए । सोही क्षेत्रबाट यसपटक जनमत पार्टीका अध्यक्ष डा. राउतले चुनाव लड्ने घोषणा गरेका छन् ।

जनमत पार्टीका नेता बीपी साहका अनुसार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका हुन् ।

सप्तरीमा दुई पालिका हनुमाननगर कंकालनी र बलान विहुल गाउँपालिका जनमत पार्टीले जितेको छ । तर, यी दुबै पालिका क्षेत्र नम्बर २ मा पर्दैन । हनुमाननगर कंकालनी क्षेत्र नम्बर १ र बलान विहुल गाउपालिका क्षेत्र नम्बर ४ मा पर्छ ।

यता अध्यक्ष यादवले सोही क्षेत्रबाट चुनाव लड्ने की क्षेत्र परिवर्तन गर्ने भन्ने निश्चित नभएको जसपाका एक नेताले बताए ।

यति उपेन्द्रले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने मनसाय व्यक्त गरे उनीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।