बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यु–२० टोली स्वदेश फर्कियो

शुक्रबार, साउन २० २०७९

काठमाडौँ : भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली बिहीबार अपरान्ह स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले स्वगत गरेका थिए ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।