काठमाडौं – नेप्से राताम्मै देखिएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से आज बिहिबार भने ३८ दशमलव ६१ अंकले घटेर २१ सय ४८ दशमलव १६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ पनि आठ दशमलव २५ अंकले घटेर चा सय १२ दशमलव २५ अंकमा पुगेको छ । आज दुई सय १५ वटा कम्पनीहरुको ५६ हजार आठ सय १९ पटकको कारोबारमा ८५ लाख ६९ हजार पाँच कित्ता सेयर किनबेच हुंदा कारोबार रकम तीन अर्ब ७६ करोड ८० लाख ७९ हजार एक सय ७३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएपनि सबै समुहको सुचक घटेपछि नेप्से राताम्मै देखिएको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुुचक २० दशमलव शुन्य छ अंकले घटेर १४ सय दुई दशमलव ३९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ५८ दशमलव सात अंकले घटेर २५ सय ९२ दशमलव सात अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ५८ दशमलव २५ अंकले घटेर १९ सय २१ दशमलव ३९ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ४८ दशमलव १३ अंकले घटेर आठ हजार पाँच सय तीन दशमलव ५३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ६७ दशमलव ८३ अंकले घटेर १० हजार २९ दशमलव ४४ अंकमा पुग्दा बिकास बैंक, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बलेफी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।