बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनएमबी बैंकको खुद मुनाफा तीन अर्ब ७० करोड 

बिहिबार, साउन १९ २०७९

काठमाडौं – एनएमबी बैंकले आर्थिक बर्ष २०७८–०७९ मा तीन अर्ब ७० करोड १३ लाख १७ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा दुई अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैंयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैंयाँ रहेको बैंकले आर्थिक बर्ष २०७८–०७९ मा एक खर्ब ८४ अर्ब ८२ करोड ९० लाख ४८ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ७५ अर्ब ७८ करोड ८० लाख ५७ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ५५ करोड २२ लाख ५१ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव पाँच प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ३९ करोड २४ लाख १० हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । 

अघिल्लो आवमा भने बैंकले एक खर्ब ६४ अर्ब ४८ करोड ९२ लाख ८६ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ५१ अर्ब एक करोड ४१ लाख २४ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ६६ करोड छ लाख ६९ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंैकमा तीन दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव शुन्य नौं प्रतिशत रहेको थियो ।