बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यू-२० टोली भोलि स्वदेश फर्कने

बिहिबार, साउन १९ २०७९

काठमाडौँ : भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि बिहीबार स्वदेश फर्कने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको छ ।

नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।