बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीको मुद्धामा बिओके र हिमालयन बैंकको जित

बुधबार, साउन १८ २०७९

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीको मुद्धामा बैंक अफ काठमाडौ र हिमालयन बैंकले जित हात पारेका छन् । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेका हुन । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो । 

यो फैसलासंगै बिओकेले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिएका छन् । 

हिमालयन बैंकले पनि मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीसंग सम्वन्धीत मुद्धा जितेको छ । चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेका हुन । मुद्धा जितेसंगै यि दुई बैंकहरुले करिब डेड अर्ब नेपाली रुपैंयाँ फिर्ता पाउने भएका हुन । गत शुक्रबार चाइनाको सर्वोच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेसँगै चाइना कन्स्ट्रक्सन बैंकले नेपालको हिमालयन बैंक र बैंक अफ काठमाडौंको रकम फिर्ता गर्नुपर्ने भएको हो । 

मेलम्ची जमानतको रकम भुक्तानी भएलगत्तै बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर अर्थात करिब एक अर्ब र हिमालयन बैंकले करिब ७० करोड रुपैयाँ फिर्ता पाउने भएको छ ।