बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रक चालक फरार 

सोमबार, साउन १६ २०७९

पोखरा । पोखरा महानगरपालिका–२५ हेम्जामा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । 

पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले हिजो बेलुकी पौने ६ बजे ठक्कर दिएको थियो । 

दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।