शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध 

सोमबार, साउन १६ २०७९

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ । 

पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  

अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ । हिजोदेखि लगातार परेको पानीले यहाँको जनजीवन प्रभावित बनेको छ । लगातारको वर्षाले स्थानीय खोलामा बाढी आएका कारण जोखिम बढेको स्थानीयले बताएका छन् ।