बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज साउन महिनाको तेस्रो सोमबार, शिव मन्दिरमा व्रतालुको भिड

सोमबार, साउन १६ २०७९

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार । साउने सोमबार हिन्दू महिलाहरूका लागि विशेष दिन मानिन्छ ।  आजको दिन महिलाहरू व्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् ।

देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । आज बिहानैदेखि व्रतालु महिलाहरू भक्तिभाव व्यक्त गर्न शिव मन्दिर पपुगेका छन् ।
साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।  व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकोले महिलाहरू बिहानै मन्दिर पुगेका हुन् ।
भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ ।  यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।