बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महिला साफ : नेपालले भुटानसँग खेल्ने

सोमबार, साउन १६ २०७९

काठमाडौँ : नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार महिला साफको खेल तालिका सार्वजनिक गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।

यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।