शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एनसीसी बैंकको २६ लाख कित्ता शेयर लिलामी बिक्री खुला

आइतबार, साउन १५ २०७९

काठमाडौं ।   एनसीसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । 

यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याएको हो । 

लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । जसअनुसार न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 
 
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

लिलामी शेयरको आवेदन साउन २२ गते दिउँसो ३ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।