बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अर्थमन्त्रालयको जिम्मेवारी पुनः जनार्दन शर्मालाई

आइतबार, साउन १५ २०७९

काठमाडौं । अर्थमन्त्रालयको जिम्मेवारी पुनः जनार्दन शर्मालाई दिइने भएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेको स्रोतको दाबी छ ।

चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते राजीनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी रहेको बुझिएको छ ।