बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

आइतबार, साउन १५ २०७९

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर  यस प्रकार तोकेको छ ।

जस अनुसार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर  १२७ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ २४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८५ पैसा छ ।  अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ८५ पैसा छ ।

त्यसैगरी,  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १० पैसा रहेको छ । 

यसरी नै जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा छ भने साउदी अरेवियन रियल एकको खरिद ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८४ पैसा रहेको छ।

यसैगरी कतारी रियल एकको खरिददर ३४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५४ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।