तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए
काठमाडौं – नेप्से बढेको छ । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से १२ दशमलव ९२ अंकले बढेर २१ सय ४० दशमलव ३९ अंकमा पुग्दा सेन्सिटिभ पनि ती दशमलव ९१ अंकले बढेर चार सय नौं दशमलव ५३ अंकमा चढेको छ । आज दुई सय १६ वटा कम्पनीहरुको ३४ हजार नौ सय ६० पटकको कारोबारमा ५१ लाख ११ हजार तीन सय १० कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम दुई अर्ब १९ करोड १६ लाख १९ हजार नौं सय १४ रुपैंयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा तीन वटा समुहले गुमाएका छन् भने १० वटा समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव २८ अंकले बढेर १३ सय ९२ दशमलव २८ अंकमा पुग्दा बिकास बैक समुहको सुचक एक सय ७९ दशमलव ५८ अंकले बढेर चार सय ७२ दशमलव ११ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक सात दशमलव ८९ अंकले बढेर नौ हजार नौं सय ५८ दशमलव ४२ अंकमा पुग्दा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि बढेका छन् । जलबिद्युत समुहको सुचक भने नौं दशमलव ५१ अंकले घटेर २५ सय ३३ दशमलव ४७ अंकमा पुग्दा निर्जिवन बीमा र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्ध नेपाल हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।