शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कम्युनिष्ट सरकार ढालेर वाम एकताको कुरा गर्दै फोटो खिचाएर हिड्नु लज्जास्पद: अध्यक्ष ओली

शुक्रबार, साउन १३ २०७९

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

चार दिने गृह जिल्लाको भ्रमणका रहेका अध्यक्ष ओलीले बिहीबार क्षेत्र झापा क्षेत्र–५ मा पर्ने कमल गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै आगामी निर्वाचनको तयारीमा लाग्न नेताकार्यकर्तालाई निर्देशन दिए ।

साथै ओलीले वाम एकताको कुरा गरेर केही व्यक्तिहरुले एमालेलाई नै तर्साउन खोजेको आरोप लगाए ।

एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागि परेकाहरु अहिले बाम एकताको कुरा गर्दै फोटो खिचाउँदै हिड्नु लज्जास्पद भएको भन्दै ओलीले पाँच जना मान्छे मिल्दैमा बाम एकता नहुने बताए । उनले एमालेलाई तर्साउनका लागि यस्ता हर्कत नगर्न चेतावनी समेत दिए ।
देशलाई आर्थिक रुपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरुलाई ध्वस्त पार्ने, कमिशनका लोभमा राष्ट्रिय निर्णयहरु गर्ने जस्ता कुराले यो सरकार कमिशन एजेण्टहरुले चलाएको प्रष्ट भएको उनको भनाई थियो ।

‘एमाले सरकारमा नहुँदा केके हुँदो रहेछ गठबन्धन सरकारका गतिविधिबाट प्रष्ट हुँदै गएको छ । देशलाई आर्थिक रुपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरुलाई ध्वस्त पार्ने, कमिशनका लोभमा राष्ट्रिय निर्णयहरु गरिरहेका छन् । यो वर्तमान सरकार कमिशन एजेण्टहरुले चलाएको प्रष्ट छ । एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागिपरेकाहरु अहिले वाम एकताको कुरा गर्दै फोटो खिचाउँदै हिड्नु लज्जास्पद कुरा हो,’ अध्यक्ष ओलीले भने ।

सोही कार्यक्रममा एमालेका प्रदेश ईन्चार्ज देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा झापा ईन्चार्ज अग्नी खरेल लगायतले एमाले प्रवेश गर्नेलाई स्वागत गरेका थिए ।,