काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच “एम अधिकारी खोइ ?” र “सीसीटीभी फुटेज खोइ ?” भन्दै सामाजीक संजालमा ठुलै बहस चल्यो l
बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरहरु हेरफेर गरेको आरोपपछि प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको कुरा उठायो । बजेट बनाउने बेलाको सिसिटिभीको माग गर्दै संसदमा पनि बुलन्द आवाज उठेको थियो । सिसिटिभीको कुराले सामाजीक संजालमा पनि राम्रै तरिकाले छ्यापिएको थियो ।
त्यस्तै माओवादीले फरक रुपमा उठाएको अर्को कुरा हो । महाप्रसाद अधिकारी ।
एम अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको सार्वजनिक भएसँगै उनीमाथि प्रश्नहरु उठिरहेको थियो ।
नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारीको नाम देखिएपछि त्यो व्यक्ति अरु कोही नभएर गभर्नर महाप्रसाद अधिकारी नै रहेको माओवादीको दाबी थियो ।
अर्थ तथा योजना विभागमा एम अधिकारीसहित प्रा. डा. रामचन्द्र आचार्य, डा. रामचन्द्र भट्टराई, देउकाजी गुरुङ, केशरबहादुर साउद, डिल्ली उप्रेती, प्रा.डा. महेश दाहाल, तिलचन्द्र भट्टराई र गोपाल खनाल सदस्य रहेका छन् ।
सो विषयमा प्रश्न गर्दा एमालेका नेताहरुले उत्तर दिन चाहेनन् । ‘खोटाङकै सांसद भएता पनि मा उहाँलाई चिन्दिन, जिल्ला गलत भएको हुन सक्छ ।‘ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सूत्रन्यूजसँग भने । सांसद भट्टराई पनि सोही जिल्लाबाटै निर्वाचित भएका सांसद हुन् ।
गभर्नर अधिकारीले पनि यो कुरा झुटो भएको बताउँदै आएका थिए ।
माओवादीको विद्यार्थी संगठनले त थुप्रै विरोधका कार्यक्रमहरु गर्दै आएको थियो । गभर्नरलाई राष्ट्र बैंक छिर्न नदिनेसम्मका कार्यक्रमहरु माओवादीका विद्यार्थीहरुले गरेका थिए । त्यस्तै आफूमाथि प्रश्न उठेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए ।
राजीनामापछि एउटा समिति बनाएर छानबीनको कामहरु अगाडी बढाइयो । छानबीन समितिले सिसिटिभी मगाएको थियो तर सिसिटिभी फुटेज भेटिएन ।
तर अहिले संजालमा दुवै कुरा सेलाएको छ । महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सडक तताएकाहरु अहिले चुपचाप छन् । उनको राजीनामा माग गर्दै गर्दै उनैले मौद्रिक नीतिसमेत सार्वजनीक गरिसकेका छन् ।