काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एक ढिक्का बनाएर बनाएर राष्ट्रिय राजनीतिको मियोको रूपमा स्थापित गर्ने अभियानमा आफू रहेको बताएका छन् ।
झापाको दमक नगर पार्टी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै ओलीले सो कुरा गरेका हुन् । उनले अर्कालाई जिताएर आफैँ अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए । सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नु पर्ने उनको भनाई छ ।
उनले एक पटक गरेको गल्ती नदोर्याउन र पार्टीलाई आगामी दिनमा जित्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘हामीले व्यक्ति उठाउने होइन,पार्टी उठाउने हो’ उनले भने ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’