बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै बढ्यो 

बिहिबार, साउन १२ २०७९

तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए

काठमाडौं – नेप्से सुचक तथा कारोबार रकम दुबै बढेका छन् । साताको पाँचौं कारोबार दिन आज बिहिबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २१ सय २७ दशमलव ४२ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव सात अंकले बढेर चार सय पाँच दशमलव ६२ अंकमा पुगेको छ । आज दुई सय २१ वटा कम्पनीहरुको ७२ हजार चार सय ५० पटकको कारोबारमा एक करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार एक सय पाँच रुपैंयाँ कायम भएको छ । 

१३ वटा समुहको कारोबार हुंदा आज तीन वटा समुहले गुमाएका छन् भने १० वटा समुहले कमाएका छन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव २७ अंकले बढेर १३ सय ८८ दशमलव ६१ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि २९ दशमलव ९८ अंकले बढेर २५ सय ४२ दशमलव ९८ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ११ अंकले बढेर नौं हजार नौं सय ५० दशमलव ५३ अंकमा चढेकोमा बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् । निर्जिवन बीमा समुहको सुचक भने आज दुई दशमलव ३५ अंकले घटेर आठ हजार तीन सय तीन दशमलव २७ अंकमा पुग्दा उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राधी जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको छ ।