काठमाडौं – अघिल्लो दिन उच्च अंकले घटेको नेप्सेमा साताको चौंथो कारोबार दिन आज बुधबार भने करेक्सन देखिएको छ । नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २१ सय ११ दशमलव ९९ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि चार दशमलव ५३ अंकले बढेर चार सय दुई दशमलव ९२ अंकमा चढेको छ । दुई सय २७ वटा कम्पनीहरुको ५० हजार दुई सय ९७ पटकको कारोबारमा ७५ लाख आठ हजार एक सय ८८ कित्ता सेयर किनबेच हुंदा आज कुल कारोबार रकम तीन अर्ब १६ करोड १४ लाख ५५ हजार एक सय ४२ रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार हुंदा आज ट्रेडीङ्ग समुहको सुचक घटेर बाँकी समुहहरुको सुुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९२ अंकले बढेर १३ सय ८७ दशमलव ३४ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि ५६ अंकले बढेर तीन हजार आठ सय सात दशमलव ११ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ७२ दशमलव ३५ अंकले बढेर २५ सय १३ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ४३ दशमलव आठ अंकले बढेर आठ हजार तीन सय पाँच दशमलव ६३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव ७९ अंकले बढेर नौं हजार नौं सय ३५ दशमलव ४१ अंकमा पुग्दा फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी धनबृद्धि योजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।