धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गरेको छ ।
मंगलबार धनगढीमा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
एमालेले आगामी दिनमा खेल्नुपर्ने भूमिका, अब हुने निर्वाचन लगायतकाबारेमा प्रशिक्षण दिइएको थियो ।
पार्टीले सबै प्रदेशमा प्रशिक्षण आयोजना गर्ने निर्णय गरे बमोजिम अहिलेसम्म छवटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएका छन् भने विभिन्न जिल्लामा पनि प्रशिक्षण शुरू भएका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रशिक्षणमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहरा, सचिव लेखराज भट्ट, स्थायी कमिटीका सदस्य कर्णबहादुर थापा लगायतका नेताले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।