काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक शुरु भएको छ ।
पंकजबिक्रम नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज कार्यसमिति बैठक सुरु भएको हो ।
सातदोबाटो स्थित एन्फा मुख्यालयमा बैठक बसिरहेको छ । गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित भएको थियो ।
बैठकमा विविधसहित १२ बुदामा एजेन्डा राखिएको छ । जसमा बिबादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।
पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन् ।
तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, उपमहासचिब, तीन सहमहासचिब, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा आज नियुक्ति हुदैछ ।