एक अर्ब २३ करोड रुपैंयाँको सेयर किनबेच
काठमाडौं, नेप्सेमा झिनो अंकले सुधार आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से एक दशमलव ९३ अंकले बढेर दुई हजार ११ दशमलव ३९ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव शुन्य दुई अंकले बढेर तीन सय ८५ दशमलव ९३ अंकमा पुगेको छ । दुई सय १० वटा कम्पनीहरुको २५ हजार नौं सय २४ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ८९ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहले कमाएका छन भने आठ वटा समुहले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ५४ अंकले बढेर १३ सय ७१ दशमलव ९३ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि १५ दशमलव २१ अंकले बढेर नौं हजार सात सय तीन दशमलव ३९ अंकमा पुगेको छ । यसैगरी ट्रेडिंग, उत्पादनमुलक र लगानी समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने एक दशमलव ४६ अंकले घटेर ३५ सय एक दशमलव १२ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ३६ अंकले घटेर २३ सय १७ दशमलव २८ अंकमा झरेको छ । यसैगरी फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राधी जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रभु सेलक्ट फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।