काठमाडौं । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ ।
कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिए ।
शेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले शेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको सिरोहियाले बताए ।