काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । ‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ’, नेम्वाङको भनाइ छ ।
यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो ।