बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रतिनिधिसभा बैठक: प्रहरीका लागि हतियार खरिदबारे जानकारी माग

बुधबार, असार २९ २०७९

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । 
 
एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको हो होइन रु सोबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गरे ।

देश आर्थिक हिसावले कमजोर बनिरहेको बेला सरकारले प्रहरीका लागि हतियार खरिद गर्ने भएसँगै यसको चौतर्फी आलोचना भइरहेको छ ।