बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ढिलो वा चाँडो, माधव नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्ने छ : घनश्याम भुसाल

सोमबार, असार २७ २०७९

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।
१० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको भुसालले नेपालाई आरोप समेत लगाएका छन् ।

सामाजिक सञ्जालमा भुसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’

सामाजिक सञ्जालमा भुसालले लेखेका छन्
क.  माधवको दोहोरो निती 
आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।