बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

माओवादीको स्थायी कमिटी बैठकले गर्‍याे चार निर्णय 

शनिबार, असार २५ २०७९

काठमाडौं  सत्ता घटक दल नेकपा एकीकृत माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीकाे बैठकले मुख्य चार वटा निर्णय गरेको छ ।

बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । स्थायी कमिटी बैठकले विभिन्न चार वटा निर्णय गरेको पार्टी प्रवत्ता कृष्णबहादुर महराले बताए ।

यी हुन् निर्णय

१ स्थानीय तह निर्वाचनमा घात अन्तरघात गरेको आवाज उठेपछि र कतिपय केन्द्रीय सदस्यकाविरुद्ध समेत प्रश्न उठेकाले तीन जनाको छानबिन समिति गठन गरेको छ । पार्टीको अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन भएको हो ।

२ पार्टीको विद्यार्थी संगठनमा रहेको समस्या समाधान गर्न पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको सुझाव समिति गठन गरिएको छ । अब उनीको सुझावको आधारमा स्थायी कमिटीले आवश्यक निर्णय गर्ने छ ।

३ प्रदेश कमिटी र केन्द्रीय समितिबीच समन्वय कायम गर्न इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति गठन गरिएको छ । यो समिति आगामी निर्वाचनसम्मका लागि मात्रै हो । यसमा केन्द्रीय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनेछन् । 

४  प्रदेशहरूमा प्रशिक्षण र बैठकहरू गर्ने ।

१६ साउनमा सुरु भएका बैठकहरू ३ भाद्रमा सकिनेछन् ।

१८ साउनमा गण्डकीमा,

२० साउन प्रदेश १ मा, २४ साउनमा लुम्बिनी,

२८ साउनमा सुदूरपश्चिममा,

२९ साउन कर्णालीमा, ३० साउन विशेष,

१ भदौ सम्पर्क समन्वय,

३ भदौमा प्रवास बैठक हुनेछ ।