बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा १६ अंकको पहिरो

बिहिबार, असार २३ २०७९

सामुहिक लगानी कोष बाहेक सबै समुहको सुचक रातै 

काठमाडौं – नेप्सेमा पहिरो गएको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार भने १६ दशमलव छ अंकले घटेर दुई हजार २७ दशमलव ३२ अंकमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव ४२ अंकले घटेर तीन सय ८५ दशमलव ४९ अंकमा पुगेको छ । दुई सय २९ वटा कम्पनीहरुको ३१ हजार दुई सय ७६ पटकको कारोबारमा ४७ लाख ११ हजार २५ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब ८० करोड ६२ लाख चार हजार सात सय ६५ रुपैंयाँ पुगेको छ ।

 १३ वटा समुहको कारोबार भएको मध्ये आज सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहहको सुचक घटेका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ५७ अंकले घटेर १३ सय ६० दशमलव ६१ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ९३ अंकले घटेर २३ सय ५७ दशमलव ८९ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ३३ दशमलव ६७ अंकले घटेर आठ हजार एक सय ९७ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव १७ अंकले घटेर १० हजार एक सय दशमलव १५ अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आरबीबी म्युचुअल फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समिट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड परेको छ ।