बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

माओवादी केन्द्रको बैठक भोलिलाई सर्‍यो  

बुधबार, असार २२ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । 

तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो ।

हिजो बस्ने भनिएको बैठक पनि पार्टीको आन्तरिक समस्याका कारण आजलाई सारिएको थियो ।

आज बस्ने भनिएकाे बैठकमा पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने भनिएको थियो ।

मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष  ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो ।