४६ अंकले घट्दा दुई अर्ब ९६ करोडको शेयर किनबेच
काठमाडौँ l नेप्सेमा फेरि पनि पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार पनि ४६ दशमलव आठ अंकले घटेर दुई हजार ३० दशमलव ५९ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दशमलव ७१ अंकले घटेर तीन सय ८७ दशमलव २३ अंकमा पुगेको छ । आज दुई सय २९ वटा कम्पनीहरुको ४९ हजार चार सय १६ पटकको कारोबारमा ८६ लाख १३ हजार चार सय ८९ कित्ता सेयर किनबेच भएका छन् भने रकम दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार दुई सय २४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहरुको कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव १७ अंकले घटेर १३ सय ६९ दशमलव ९१ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि एक सय दशमलव ९४ अंकले घटेर तीन हजार चार सय ५३ दशमलव २८ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक ५२ दशमलव २३ अंकले घटेर २३ सय ३९ दशमलव ९८ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ३९ दशमलव ८७ अंकले घटेर आठ हजार दुई सय ६५ दशमलव ७० अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय १५ दशमलव ९२ अंकले घटेर नौं हजार नौं सय ४९ दशमलव एक अंकमा पुग्दा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीाम भने सानिमा बैंकको संस्थापक शेयर पहिलो स्थानमा परेको छ ।