बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कान्छी छोरी–ज्वाँई केन्द्रीय सदस्य बनाएपछि प्रचण्डलाई परिवारवादीको आरोप

मंगलबार, असार २१ २०७९

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई परिवारवादीको आरोप लागेको छ। केन्द्रीय समितिको बैठकबाट उक्त प्रस्तावमा निर्णय गराएपछि माओवादीका कतिपय नेताले उनको आलोचना गरेका छन्।

कार्यकर्ता तहमा पनि प्रचण्डले माओवादी आन्दोलनको मर्मलाई निमोठेकोसम्म भनेका छन्। स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल र ज्वाँई जीवन आचार्यलाई उनले केन्द्रीय सदस्य बनाएका हुन्।

यसअघि महाधिवेशनका क्रममा उक्त नाममा विवाद भएपछि फिर्ता लिइएको थियो। प्रचण्ड चरम अवसरवादी र परिवारवादी भएको संकेतका आधारमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आलोचना गरेका थिए।

अर्का केन्द्रीय सदस्य सुदन किराँतीले पनि घुमाउरो पारामा प्रचण्डको आलोचना गरेका छन्। उनले पार्टीमा केही थान नजिकका, वरिपरि घुम्ने नेता र परिवारका सदस्यका कारण माओृवादी विसर्जनको अवस्थामा पुग्न लागेको टिप्पणी गरेका थिए।