बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट

मंगलबार, असार २१ २०७९

काठमाडौं ।  श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ ।

 कम्पनीले एक सूचना जारी गर्दै आईपीओ असार २० गते सोमबार बाँडफाँट गरेको जानकारी गराएको छ । कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो। जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा।पा।को वडा नं। २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गापा वडा नं ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्कासन गरिने शेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न।पा।को वडा नं ११, १२ र १३ तथा रामेछाप नपाको वडा नं १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता बाँडफाँट गरिएको छ ।

त्यस्तै,  रामेछाप जिल्लाको लिखु तामाकोशी गापा. को वडा नं १ र ओखलढुङ्गा जिल्लाको लिखु गापाको वडा नं १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता गरी बाँडफाँट गरिएको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानीमा क्यापिटल लिमिटेड रहेको थियो । उक्त आईपीओ बाँडफाँडमा नपरेका सेयर बापतको रकम असार २४ गते शुक्रबारदेखि फिर्ता गरिनेछ ।