बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक 

मंगलबार, असार २१ २०७९

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक आब्हान गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

केन्द्रिय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ । 

आन्तरिक कलहमा होमिईरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपाल थप बिबादमा भईरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाएका हुन् ।