बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्से घट्दा कारोबार रकम भने बढ्यो

सोमबार, असार २० २०७९

काठमाडौं, अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने घटेको छ । नेप्से आज नौं दशमलव ७५ अंकले घटेर दुई हजार ७६ दशमलव ६७ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ६८ अंकले घटेर तीन सय ९६ दशमलव १५ अंकमा पुगेको छ । दुई सय ३४ वटा कम्पनीहरुको ७५ हजार सात सय ९० पटकको कारोबारमा एक करोड नौं लाख ८१ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार पाँच सय ९३ रुपैंयाँ २१ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा चार वटा समुहको सुचक बढेर हरियो देखिएपनि बाँकी समुहको सुचक घटेर रातो देखिएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव १९ अंकले घटेर १३ सय ८७ दशमलव ८६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १३ दशमलव २३ अंकले घटेर २३ सय ९१ दशमलव ८४ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि छ दशमलव ३१ अंकले घटेर १६ सय चार दशमलव नौं अंकमा पुग्दा बिकास बैंक, होटल तथा पर्यटन, उत्पादनमुलक, लगानी, लघुवित्त र अन्य समुहहरुको सुचक पनि घटेका छन् । जीवन बीमा समुहको सुचक भने आज ५५ दशमलव दुई अंकले बढेर १० हजार एक सय ६१ दशमलव २७ अंकमा पुग्दा निर्जिवन बीमा, सामुहिक लगानी कोष र ट्रेडीङ्ग समुहहरुको सुचक पनि  बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिवाईसी नेपाल लघुवित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।