बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकार ! अव त अति भाे : एमाले अध्यक्ष ओली

सोमबार, असार २० २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष  नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’

उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए ।

आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताएका छन् ।

साथै उनले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौताबारे भ्रम छरिएको बताउँदै सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।