बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादीको विद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

शनिबार, असार १८ २०७९

काठमाडौं ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ । संगठनमा लामो विवाद पछि अखिल क्रान्तिकारी विभाजनमा पुगेको हो ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

असन्तुष्ट पक्षका एक विद्यार्थी नेताका अनुसार आज वानेश्वर क्याम्पसबाट पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिनेछ। अहिले आयोजक समिति सदस्यहरूको नाम संकलन भइरहेको छ ।

सो आयोजक समितिले संगठनलाई बिद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका विद्यार्थी नेताहरुको समर्थन रहेको उनीहरुले दावी गरेका छन्

यसैबीच अध्यक्ष पञ्चा सिंहले भने संगठनविरुद्ध हुने भेलामा सहभागी नहुन आग्रह गरेकी छन् ।