बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तीन वामपार्टीका शीर्ष नेतालाई भेटेपछि वामदेवले बोलाए पार्टीको सचिवालय बैठक

शुक्रबार, असार १७ २०७९

काठमाडौं । झण्डै एक वर्ष निष्कृय जस्तै रहेका वामदेव गौतमले नयाँ पार्टी खोलेसँगै फेरि चर्चामा आउन थालेका छन् ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गरेका पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभाका सदस्य समेत रहेका गौतम यति बेला फेरि वाम एकताका लागि सक्रिय भएका छन् ।

विहीबार उनले एकैपटक फरक फरक ठाउँमा तीन वामपन्थी दलका शीर्ष नेतासँग भेट गरे । बिहान १० बजे गौतमले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने अपरान्ह ४ बजे माओवादीका अध्यक्ष्य प्रचण्डसँग भेटवार्ता गरे । त्यसपछि हिजो नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

पार्टी गठन पश्चात गौतम राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । तत्कालीन नेकपा विभाजन पछि कुनै पनि पार्टीमा नलागेका गौतम फेरि वाम शक्तिबीच एकता हुनुपर्ने बताउँदै आएका छन् ।

तीन शीर्ष नेतासँगको भेटघाट पछि उनी नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने सवालमा सवै सहमति नजिक रहेको बताउँदै त्यसको अगुवाई आफूले लिने बताएका छन् ।

नेताहरूसँगको भेटवार्तापछि गौतमले आफ्नो पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।