बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

शुक्रबार, असार १७ २०७९

काठमाडौं । सत्तारूढ दलको एक घटक जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । 

पार्टीको कार्यालय सचिव प्रकाश अधिकारीका अनुसमार सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको हो । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको अधिकारीले बताए ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

यसअघि सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुलाई हेरफेर गरिएको थियो ।

यसैबीच जसपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको हाे ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेका थिए ।

उनको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरुले विरोध गर्दै आएका छन् । यहीबीच जसपाको बैठक बोलाइएको हो ।