काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् ।
आज कोईरालाको सचिवालयमा उक्त समूहको बैठक बस्ने जनाइएको छ।
कोइरालाले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीतिका लागि आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्नलागेको हो ।
उनी निकट नेताका अनुसार सभापति देउवाले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउने तयारीका लागि बैठक डाकिएको हो ।
कांग्रेसको पछिललो १४ औं महाधिवेशन सकिएको ६ महिना वित्दा समेत सभापति देउवाले पार्टीका समिति र विभागहरु गठन गर्न सकेका छैनन् । देउवाले पार्टीको कोषाध्यक्ष पनि मनोनित गर्न सकेका छैनन् । महाधिवेशनको ६ महिना भित्र समिति तथा विभागलाई पूर्णता दिइसक्नु पर्ने पार्टी विधानमा उल्लेख छ ।