बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र फिर्ता भएका तीन मन्त्रीबीच बोलचाल बन्द

बिहिबार, असार १६ २०७९

काठमाडौं। दबाबकाबीच मन्त्री पदबाट फिर्ता भएका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) पार्टी अध्यक्ष माधव नेपालसँग बोल्न छाडेका छन्।

एउटा कार्यक्रममा अध्यक्ष नेपालले फिर्ता भएका मध्य प्रेमकुमार आलेबाहेक अन्य बोल्न छाडेको, पार्टीको बैठकमा पनि अनुपस्थित भएको बताए। उनले भने,‘हामीलाई ६ महिनाका लागि मात्र पठाएको भनेर फिर्ता भएका मन्त्रीले भनेको सुन्न मन छ तर उहाँहरु त बैठकमा पनि आउन छाड्नुभयो।’

मन्त्री पद छाड्दा खतिवडा र झाँक्रीले ६ महिनाका लागि मात्र भन्ने त्यस्तो कुनै सहमति नभएको बताएका थिए। ‘६ महिनाका लागि भनेर कुनै कबोलनामा भएको थिएन तर पार्टीले बोलाएपछि हामी फर्किएका हौं’, झाँक्रीले बताएकी थिइन्।