काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोल्दै नहिँड्न माओवादी अध्यक्ष प्रचण्डलाई चेतावनाी दिएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती समेत दिए ।
अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी समेत दिए ।
उनले राष्ट्रियता तमासा देखाउने र नखरा गर्ने चिज नभएको बताए । अध्यक्ष ओलीले नेकपा माओवादीले सभामुख पदमा एमसीसी साटेको आरोप लगाए । ओलीले गलत छ भनेर जनतालाई सडकमा उतारेर भाडभैलो मच्चाएको र पछि सदनबाट पास गर्ने काम माओवादीले गरेको बताए ।
अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डले गर्नु हुने र नहुने सबैकाम सरकारमा रहेर गरिरहेको आरोप लगाए ।
उनले आफू प्रधानमन्त्री हुँदा र आफूलाई जानकारी गराएर कुनै एसपीपी सम्झौतामा हस्ताक्षर नगरेको भन्दै यदी हस्ताक्षर गरेको पाए देखाउन चुनौती समेत दिए । उनलेले टिपेस लगाएर र हातले नखेलेको वास्तविक पत्र जनतालाई देखाउन पनि सरकारलाई चुनौति दिएका छन् ।
अध्यक्ष ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाए । उनले जन दाबाबको भेललाई शान्त पार्न स्थगित गरेको भनेपनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपीपी सम्झौतामा लाग्ने बताए ।
अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा ढाँट्ने काम गरिरहेको बताए ।