बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यी हुन् बामदेवले घोषणा गर्न लागेको नयाँ पार्टीका केन्द्रीय सदस्यहरू

मंगलबार, असार १४ २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् ।

काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । 

गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।  दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ । 

असार १२ गते चन्द्रागिरी रिसोर्टमा अभियानको बैठक बसेको थियो । 

यी हुन् गौतमको पार्टीका केन्द्रीय सदस्यहरू:

1.JPG

2.JPG