बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घट्यो सुनको मूल्य 

शुक्रबार, असार १० २०७९

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेकोे छ ।

बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।