काठमाडौँ – नेप्सेमा फेरि पनि पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बिहिबार पुन ४५ दशमलव २५ अंकले घटेर १८ सय ४८ दशमलव २८ अंकमा पुग्दा सेन्सिटिभ पनि सात दशमलव शुन्य छ अंकले घटेर तीन सय ६२ दशमलव नौं अंकमा झरेको छ ।
दुई सय ३७ वटा कम्पनीहरुको ३३ हजार चार सय ६० पटकको कारोबारमा ५० लाख आठ हजार सात सय ७१ कित्ता सेयर किन बेच हुंदा कारोबार रकम एक अर्ब ४९ करोड ९७ लाख नौं हजार छ सय ३५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से राताम्मै देखिएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक २१ दशमलव २९ अंकले घटेर १३ सय ५१ दशमलव ११ अंकमा पुग्दा जलविद्युत समुहको सुचक पनि ८६ दशमलव ३६ अंकले घटेर दुई हजार १४ दशमलव ६६ अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि दुई सय १८ दशमलव पाँच अंकले घटेर सात हजार चार सय ३३ दशमलव ९३ अंकमा पुग्दा जीवन बीमा, विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्त्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आँधीखोला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिवश्री हाईड्रो पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा कुमारी बैंक परेको छ ।