काठमाडौँ – लगातार घट्दै आएको नेप्सेमा पुरै हरियाली देखिएको छ। अघिल्ला दिनहरुमा उच्च अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार ३७ दशमलव ४९ अंकले बढेर १९ सय २२ दशमलव ३० अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दशमलव १८ अंकले बढेर तीन सय ७४ दशमलव ३७ अंकमा पुगेको छ ।
दुई सय ३१ वटा कम्पनीहरुको २४ हजार नौं सय ८३ पटकको कारोबारमा ३७ लाख १२ हजार दुई सय ७६ कित्ता सेयर किन बेच भएका छन् भने कारोबार रकम एक अर्ब २३ करोड ८५ लाख १८ हजार दुई सय एक रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार हुंदा आज १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव ८३ अंकले बढेर १३ सय ५० दशमलव ८० अंकमा पुग्दा जलविद्युत समुहको सुचक पनि ५७ दशमलव ९८ अंकले बढेर २१ सय ५० दशमलव ७३ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ४४ दशमलव आठ अंकले बढेर १३ सय ८३ दशमलव ७९ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४९ दशमलव २४ अंकले बढेर सात हजार आठ सय दुई दशमलव ४४ अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आँधीखोला लघुवित्त वित्तीय संस्था, परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नविल व्यालेन्स फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।