बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

“होण्डा मनसुन एक्सचेन्ज” उपहार योजना सुरु 

मंगलबार, असार ७ २०७९

काठमाडौँ – होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

प्रत्ये कहोण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा  सात हजार रुपैंयासम्मको एक्सचेन्ज बोनस तथा चार हजार रुपैंयाँसम्मको क्यासब्याक पनि हातपार्न सकिनेछ भने फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू  हुनेछ । यस योजना अन्तर्गत उपत्यकाभित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन् ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।